Breaking News
चितवनमा आज एकैदिन २३१ कोरोना संक्रमित थपिए, सक्रिय संक्रमितको संख्या २३५७ पुग्यो
०

चितवन, साउन २५-
चितवनमा आज एकैदिन २३१ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य कार्यालय चितवनले आज उपलब्ध गराएको तथ्यांक अनुसार भरतपुर महानगरपालिकामा १४१ जना, खैरहनी नगरपालिकामा १२ जना, माडी नगरपालिकामा २३ जना, रत्ननगर नगरपालिकामा ३७ जना, राप्तीमा १४ जना, कालिकामा दुई जना थपिएका हुन् ।
योसँगै चितवनमा सक्रिय संक्रमितको संख्या दुई हजार ३५७ पुगेको छ । जसमध्ये घरमा आइसोलेसनमा दुई हजार १७० जना, अस्पतालको आइसोलेसनमा १७६ जना र सार्वजनिक आइसोलेसनमा ११ जना रहेका छन् । अहिलेसम्म चितवनमा ३५० जनाले कोरोना संक्रमणको कारणबाट ज्यान गुमाएका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>






















