चितवन विशेष
चितवनमा आज ८६ कोरोना संक्रमित थपिए
०

चितवन, साउन २४-
चितवनमा आज ८६ कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिकामा ५८ जना, खैरहनीमा तीन जना, माडी नगरपालिकामा ९ जना, रत्ननगर नगरपालिकामा १४ जना र राप्तीमा दुई जना संक्रमित थपिएका हुन् । शनिबार अस्पतालहरुको ओपीडी सेवा बन्द भएको कारणले पनि संक्रमितको संख्यामा आज कमी आएको हो ।
यो सँगै चितवनमा सक्रिय संक्रमितको संख्या दुई हजार ३२७ पुगेको छ । जसमध्ये घरमा आइसोलेसनमा दुई हजार १२८ जना, अस्पतालको आइसोलेसनमा १८८ जना र सार्वजनिक आइसोलेसनमा ११ जना रहेका छन् । चितवनमा आजसम्म कोरोनाका कारणले ज्यान गुमाउनेको संख्या ३४९ जना पुगेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>






















