Breaking News

किरण गजमेरले जिते भ्वाइस अफ नेपाल ३ को उपाधि

Banner

काठमाडौँ, साउन २३–

भ्वाइस अफ नेपाल सिजन ३ को उपाधि किरण गजमेरले जितेका छन् ।

शनिबार राति सम्पन्न ग्राण्ड फिनालेमा ३ प्रतिस्पर्धीलाई पछि पार्दै गजमेरले उपाधि जितेका हुन् । किरण टिम प्रमोदबाट फाइनलमा प्रवेश गरेका थिए । झापा निवासी गजमेर हाल अमेरिकामा बस्दै आइरहेका छन् ।

उनी भ्वाइसकै लागि नेपाल आएका थिए । उनले उपाधिसंगै २५ लाख रुपैयाँ नगद प्राप्त गरे । यस्तै उनी विश्व भ्रमण समेत गर्नेछन् ।

त्यस्तै फाइनलिस्ट भएकी तारा श्रीस मगर टिम राजुबाट फाइनलमा प्रवेश गरेकी थिइन् । उनी पोखरा निवासी हुन् । यस्तै ज्वाला राई टिम तृसनाबाट फाइनलमा प्रवेश गरेका थिए भने आर्यन तामाङ टिम दीपबाट फाइनलमा प्रवेश गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>