चितवन विशेष

एमबीबीएस, इन्जिनियरिङ र एजिभेटको छात्रवृत्तिमा उत्कृष्ट नतिजा निकाल्दै चितवनको अरोमा कलेज

Banner

चितवन, साउन २३-

भरतपुरमा रहेको अरोमा कलेजमा अध्ययन गरेका विद्यार्थीहरुले एमबीबीएस, इन्जिनियरिङ र एजिभेटको छात्रबृत्ति परीक्षामा उत्कृष्ट नतिजा निकाल्न सफल भएका छन् ।

कलेजमा अध्ययन गरेका करिब १०० जना विद्यार्थीले छात्रवृत्तिमा नाम निकालेका हुन । चिकित्सा शिक्षा आयोगद्वारा २०७८ सालमा लिइएको एमबीबीएस⁄बीडीएस⁄बीएमएलटी प्रवेश परीक्षामा कलेजका विद्यार्थीले उत्कृष्ट नतिजा ल्याई पूर्ण छात्रवृत्ति प्राप्त गर्न सफल भएका छन । कलेजको विद्यार्थी शैलेन्द्र न्यौपाने, विजय थापा, अनिश श्रेष्ठ र अमन गुप्ताले नाम निकाल्न सफल भएका हुन् । जसमा न्यौपानेले १६ नम्बर, थापाले ३६ नम्बर, श्रेष्ठले ५९ नम्बर र गुप्ताले २६४ नम्बरमा नाम निकाल्न सफल भएका हुन । यस्तै ३९ जनाले इन्जिनियरिङ तर्फ छात्रवृत्तिमा नाम निकाल्न सफल भएका छन् ।

कलेजमा अध्ययन गरेका ५४ जना विद्यार्थीले एजी भेटेरिनरी र फरेस्टीमा नाम निकाल्न सफल भएको कलेजका कार्यक्रम निर्देशक विष्णु खरेलले जानकारी दिए । कलेजले प्रत्येक वर्षनै उत्कृष्ट नतिजा निकाल्दै आएको उनले बताए ।

गतवर्ष भएको एक सर्वेक्षणमा अरोमा कलेज देशको चौथो र काठमाडौं बाहिरको पहिलो नम्बरमा पर्न सफल भएको थियो । कलेजले प्रि मेडिकल,इन्जिनियरिङ र एजिका कक्षा सञ्चालन गरेका कारण पनि उत्कृष्ट नतिजा निकाल्न सफल भएको खरेलले जानकारी दिए । उनले भने, ‘शनिबार र बिदाको दिन पनि विद्यार्थीका लागि तयारी अतिरिक्त कक्षा सञ्चालन गर्ने गरेका छौं, यसले विद्यार्थीलाई थप मद्दत पुगेको छ ।

कक्षा ११ देखिनै तयारी कक्षाहरु सञ्चालन गरिएको उनले बताए । एसईईको परीक्षाफल प्रकाशित भइसकेपछि नयाँ शैक्षिक शस्त्रका लागि अरोमा कलेजमा धमाधम भर्ना लिइरहेको उनले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>