चितवन विशेष
नारायणगढ युथ क्लबद्वारा पूर्वअध्यक्षहरु सम्मानित

चितवन, साउन २३-
युथ क्लब नारायणगढले ४८ औं साधारणसभामा पूर्वअध्यक्षहरुलाई सम्मान गरेको छ ।
नारायणगढमा आज आयोजित साधारण सभामा क्लबलाई यहाँसम्म ल्याउन योगदान गरेको भन्दै पूर्वअध्यक्षहरुलाई सम्मान गरेको हो ।
सस्थाले ज्ञानेन्द्रकुमार पिया, पूर्वअध्यक्ष कल्याण जोशी, केशवप्रसाद रेग्मी, भुवन आचार्य, राजकृष्ण श्रेष्ठ, हेरम्बकुमार असिम, रोशन मास्के, विष्णुप्रसाद सापकोटा, सुरेशकुमार श्रेष्ठ, लक्ष्मण बानियाँलाई सम्मान गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथि ज्ञानेन्द्र पिया, अतिथिहरु केशवप्रसाद रेग्मी, विष्णु सापाकोटा, भुवन आचार्य, राजकृष्ण श्रेष्ठ, विष्णु सापकोटालगायतले सामाजिक क्षेत्रमा युथ क्लबको योगदान उल्लेख्य भएको बताए । समाजका लागि संस्थाले अझै सक्रिय काम गर्नु पर्नेमा उनीहरुको जोड थियो ।
क्लबले सामाजिक क्षेत्रमा गरेको कामको प्रगति प्रतिवेदन महासचिव किशोरबाबु पुरी, आर्थिक प्रतिवेदन रोशन मास्केले प्रस्तुत गरेका थिए । उपाध्यक्ष शालिग्राम नेपालले स्वागत मन्व्य राखेको कार्यक्रम अध्यक्ष रामबाबु श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।






















