चितवन विशेष

दसैँबाट सञ्चालनमा आउने भरतपुरको चितवन मिडटाउन रिसोर्टले माग्यो ३३ कर्मचारी

Banner

चितवन, साउन २३-

भरतपुर महानगरपालिका–९ पारस बसपार्कसँगै बन्दै गरेको चितवन मिडटाउन रिसोर्टले ३३ जना कर्मचारी माग गरेको छ ।

दसैँको घटस्थापनाबाट औपचारिकरुपमा सुरु हुने रिसोर्टले इभेन्ट म्यानेजरदेखि एकाउन्टेन्ससम्म गरी ३३ जना कर्मचारी माग गरेको हो ।

पूर्णरुपमा सञ्चालनमा आएपछि ८१ जना कर्मचारीको आवश्यकता पर्ने भए पनि अहिले कोरोनाको कारणले केही कर्मचारी माग गरिएको रिसोर्टका जेनरल म्यानेजर बोधराज लम्सालले नारायणी अनलाइनलाई बताए । चितवनकै व्यवसायीहरुको लगानीमा बन्दै गरेको यो रिसोर्टमा चितवनकै ठूलो दुई हजार जना मानिस अट्ने सभाहल देखि ४० वटा गेष्ट रुम, स्विमिङ पुल, १०० जना ग्राहकलाई एकैसाथ सेवा दिन सक्ने रेष्टुरेन्ट रहने उनले जानकारी दिए । उनले भने, ‘ रिसोर्टको लागि एक हजार जना ग्राहकलाई सदस्य बनाइसकेका छौं । नेपाली, चाइनेज, इन्डियन, इटालियनलगायत विश्वभरका फरक फरक खानाको स्वाद लिन सकिने रिसोर्टमा धेरै धेरै टाढा टाढाबाट आएर वैवाहिक कार्यक्रम गर्न सकिने गरी व्यवस्था गर्दै छौं ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>