Breaking News

चितवनमा कोरोना संक्रमणबाट आज तीन जनाको मृत्यु, १७३ संक्रमित थपिए

Banner

चितवन, साउन २३-

चितवनमा कोरोना संक्रमणबाट आज तीन जनाको मृत्यु भएको छ ।

स्वास्थ्य कार्यालय चितवनको अनुसार चितवन मेडिकल कलेजमा चितवनका दुई जना र भरतपुर अस्पतालमा नवलपरासीका एक जनाको मृत्यु भएको हो ।

विगत २४ घण्टामा चितवनको विभिन्न अस्पतालबाट २० जना कोरोना संक्रमित बिरामी डिस्चार्ज भएका छन् । त्यसैगरी चितवनका अस्पतालमा २६१ जना कोरोना संक्रमित बिरामीले उपचार गराइरहेका छन् । जसमध्ये आईसीयूमा ९१ जना, भेन्टिलेटरमा ३० जना, एचडीयूमा ५० जना र जेनरल बेडमा १२० जना रहेका छन् ।

त्यसैगरी चितवनमा आज एकैदिन १७३ जना कोरोना संक्रमित थपिएका छन् । जसमध्ये भरतपुर महानगरपालिकामा ११९ जना, खैरहनी नगरपालिकामा ५ जना, माडीमा १२ जना, रत्ननगरमा २७ जना, राप्ती नगरपालिकामा तीन जना, कालिकामा चार जना र इच्छाकामनामा तीन जना रहेका छन् । योसँगै चितवनमा सक्रिय संक्रमितको संख्या दुई हजार ४३३ पुगेको छ । जसमध्ये घरमा आइसोलेसनमा दुई हजार २३२ जना, अस्पतालको आइसोलेसनमा १८८ जना र सार्वजनिक आइसोलेसनमा १३ जना रहेका छन् । आजसम्म चितवनमा कोरोना संक्रमणबाट ३४६ जनाको मृत्यु भइसकेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>