Breaking News

चितवन मेडिकल कलेजका सञ्चालकहरुले काठमाडौँमा अरबौं लगानीमा ३०० बेडको अस्पताल खोल्दै

Banner

चितवन, साउन २१-

चितवन मेडिकल कलेज सञ्चालन गरिरहेको प्रा.डा हरिश न्यौपानेको समूहले काठमाडौंमा खोलिने नयाँ अस्पतालमा अरबौं लगानी गर्ने भएको छ ।

सुविधा सम्पन्न अस्पताल निर्माणको लागि सो समूहले काठमाडौंको तीनकुनेमा जग्गा खरिद गरेपछि अस्पताल खोल्ने योजना सार्वजनिक भएको हो । ‘काठमाडौं इन्टरनेशनल हस्पिटल’को नाममा गत असार १७ गते एक अर्ब ८६ करोड ९४ लाख रुपैयाँमा जग्गा खरिद गरेको छ । यो पहिलो चरणको एक्विजिसन हो । थप जग्गा किन्ने तयारीमा छ ।

मुक्तिश्री सिमेन्ट प्रालिको नाममा रहेको यो जग्गा अस्पताललाई बिक्री गरेको हो । चर्चित उद्यमी अजयराज सुमार्गीको नाममा रहेको सो जग्गा कान्तिपुर पब्लिकेसन्स लिमिटेडको अगाडि रहेको छ ।

साढे पाँच अर्ब रुपैयाँ कुल लगानी रहने हस्पिटल रणनीतिक रुपमा तीनकुनेमा खोल्न लागिएको छ । राजधानीको उत्तरी भेगलाई ग्रान्डी इन्टरनेशनल र उत्तर–पश्चिम भेगमा मेडिसिटी अस्पताल छ । केन्द्रमा नर्भिक छ । त्यसैले पूर्वी क्षेत्रलाई समेट्ने गरी तीनकुनेमा अस्पताल निर्माण गर्न लागिएको हो ।

समूहलाई अस्पताल निर्माणका लागि बैंक अफ काठमाण्डू (बिओके) को नेतृत्वमा लक्ष्मी, सिटिजन्स र नेपाल एसबीआई बैंकले ऋण लगानी गरेका छन् । ईक्रा नेपालले गरेको क्रेडिट रेटिङ अनुसार अस्पतालले जग्गा खरिदसमेत गरेर चार अर्ब २४ करोड २० लाख रुपैयाँ ऋण लिने छ । यसमध्ये पहिलो चरणको जग्गा खरिदका लागि दुई अर्ब रुपैयाँ लगिसकेको छ।

अस्पालत ३०० बेड क्षमताको हुने अस्पतालको निर्माण यही महिनाबाट सुरु गर्ने भनिए पनि जग्गा खरिद प्रक्रिया लम्बिदा केही पछि सरेको छ । यद्यपी २०२१ बाटै निर्माण सुरु हुने छ। अस्पताल निर्माण २०२४ भित्र सिध्याउने योजना अनुसार काम भइरहेको छ ।

न्यौपानेबाहेक अधिकांश सेयरधनी चितवन मेडिकल कलेज प्रालि भरतपुरमा आबद्ध छन् । उनीहरुसँग १४ वर्षदेखि यस क्षेत्रमा आबद्ध छन् । ३०० बेड क्षमताको अस्पताल पहिलो वर्ष १०० बेड क्षमतामा चल्ने छ । त्यसको अर्को दुई वर्षभित्र बाँकी २०० बेड क्षमता पनि सञ्चालनमा ल्याइने छ।

काठमाडौं इन्टरनेशनल हस्पिटलमा डा. हरिश र उनको परिवारको ७४ प्रतिशत (प्रत्यक्ष÷अप्रत्यक्ष) सेयर छ । बाँकी सेयर चितवन मेडिकल कलेजमा आबद्ध समूहको छ । न्यौपाने र उनको परिवारको चितवन मेडिकल कलेजमा ६२ प्रतिशत सेयर हिस्सा छ ।

अस्पताल निर्माणका लागि जग्गा खरिदसँगै अहिले भवन निर्माणको योजना र डिजाइनको काम भइरहेको छ । परियोजनाको कुल लागत पाँच अर्ब ५५ करोड ७० लाख रुपैयाँ हो । यसमध्ये दुई अर्ब रुपैयाँ जग्गा खरीदका लागि खर्च हुने छ।

प्राप्त कागजात अनुसार, हस्पिटल ७५ प्रतिशत बैंक ऋणमा निर्माण गरिने छ भने २५ प्रतिशत सेयरधनीहरुले हाल्ने छन् । अर्थात साढे पाँच अर्बको परियोजनामा सवा अर्ब सेयरधनीले हाल्ने छन् । अस्पतालले लिने चार अर्ब २४ करोड २० लाख रुपैयाँ कुल ऋणमध्ये चार खर्ब १६ करोड ७० लाख दीर्घकालिन अवधिका लागि लिइएको ऋण हो। साढे सात करोड भने छोटो अवधिका लागि लिइएको ऋण हो ।

न्यौपाने समूहले चलाइरहेको चितवन मेडिकल कलेजको क्षमता ७०० बेडको छ । काठमाडौं इन्टरनेशनल हस्पिटलका लागि चितवन मेडिकल कलेजले कर्पोरेट ग्यारेन्टी दिएको छ । कम्पनीले योबाहेक सबै परियोजना नबिल बैंकसँग गरिरहेको छ। अन्य बैंकले ब्यवसाय माग्दासमेत सिएमसीले दिएको थिएन । काठमाडौं भने नयाँ बैंकसँग समूहले कारोबार सुरु गरेको हो । कोरोना अवधिमा चितवन मेडिकल कलेजको कारोबार निकै राम्रो भएको अस्पताल स्रोतले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>