खैरहनी

खैरहनी नगरपालिकामा १५ हजार बढीले लगाए कोरोना विरुद्धको खोप

Banner

चितवन, साउन २०-

चितवनको खैरहनी नगरपालिकामा करिब १५ हजार बढीले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

गत वर्षको फागुनदेखि हालसम्म १५ हजार ३७८ जनाले कोरोना विरुद्धको खोप लगाएको नगरपालिकाले जनाएको हो ।

खोप अभियानअन्र्तगत आठ पटकसम्म खोप कार्यक्रम सञ्चालन गरिएको थियो । जसमा महिला सात हजार ४६० र पुरुष सात हजार ९१८ जना रहेका नगरपालिकाका जनस्वास्थ्य निरीक्षक नविन अधिकारीले जानकारी दिए । उनका अनुसार यहाँका नगरवासीले कोभिशिल्ड, भेरोसेल र ज्योनसन खोप लगाएका छन् । पछिल्लो पटक साउन १४ देखि १६ गते सम्म सञ्चालन भएको खोप अभियानमा पाँच हजार १९६ जनाले खोप लगाएका थिए । खोप लगाएकामध्ये ६ हजार २०९ जनाले कोरोना विरुद्धको खोपको डोज पूरा गरेका छन् भने नौ हजार १६९ जनाले पहिलो मात्रा खोप लगाएका जनस्वास्थ्य निरीक्षक अधिकारीले बताए ।

नगरभित्र कोभिशिल्ड खोप लगाएका दुई हजार १२६ जनाले अझै दोश्रो डोज लगाउन पाएका छैनन् । उनीहरुले पहिलो डोज गत फागुन महिनाको अन्तिममा लगाएका थिए । तर, झण्डै पाँच महिना बित्न लाग्दासमेत उनीहरुले मात्रा पूरा गर्न पाएका छैनन् । कोभिशिल्ड खोप भारतले उत्पादन गरेको हो । दोश्रो मात्राका लागि खोप किन्न पैसा पठाइ सके पनि भारतले खोप पठाएको छैन । कोभिशिल्ड लगाएका ३१२ जनाले भने डोज पूरा गरेका छन् । पहिलो मात्रा अन्यत्र लगाएका उनीहरुले दोश्रो डोज खैरहनीबाट पूरा गरेका हुन् ।

खैरहनी नगरपालिका प्रमुख लालमणि चौधरीले प्रमुख जिल्ला अधिकारी,स्वास्थ्य कार्यालय चितवनसँग निरन्तरको समन्वयले पछिल्लो समय खोप कार्यक्रममा केही सहज भएको बताए । खैरहनीमा पछिल्लो तथ्यांक अनुसार करिब ६८ हजार जनसंख्या छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>