Breaking News

चितवनमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या बढ्यो, आज एकै दिन १० जनाको मृत्यु

Banner

चितवन, साउन २०-

चितवनमा कोरोना संक्रमणबाट आज एकै दिन १० जनाको मृत्यु भएको छ । विगत एक महिनाको दैनिक तथ्यांकमा यो संख्या सर्वाधिक धेरै हो ।

स्वास्थ्य कार्यालय चितवनले जनाएअनुसार भरतपुर अस्पतालमा दुई जना, चितवन मेडिकल कलेजमा सात जना र पुरानो मेडिकल कलेजमा एक जना गरी १० जनाको मृत्यु भएको हो ।

मृतकहरु मध्ये चितवनमा पाँच जना, नवलपुरको तीन जना, गोरखाको एक जना र मकवानपुरको एक जना रहेका छन् । त्यस्तै चितवनका अस्पतालमा कोरोना संक्रमित बिरामीको संख्या बढ्दै गएर २५३ जना पुगेको छ । जसमध्ये आईसीयूमा ८७, भेन्टिले्टरमा २४ जना, एचडीयूमा ५५ र जेनरल बेडमा १११ जना रहेका छन् । त्यस्तै विगत २४ घण्टामा २१ जना बिरामी अस्पतालबाट डिस्चार्ज भएका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>