Breaking News

चितवनमा आज एकैदिन २१५ जना कोरोना संक्रमित थपिए, सक्रिय संक्रमितको संख्या २३२० पुग्यो

Banner

चितवन, साउन २०-

चितवनमा आज एकैदिन २१५ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य कार्यालय चितवनले आज उपलब्ध गराएको तथ्यांक अनुसार भरतपुर महानगरपालिकामा १४४ जना, खैर हनीमा १४ जना, माडी नगरपालिकामा २० जना, रत्ननगर नगरपालिकामा २२ जना, राप्तीमा ६ जना, कालिकामा ७ जना, इच्छाकामनामा २ जना थपिएका हुन् ।

यो सँगै चितवनमा सक्रिय संक्रमितको संख्या दुई हजार ३२० जना पुगेका छन् । जसमध्ये घरमा आइसोलेसनमा दुई हजार १२७ जना, अस्पतालको आइसोलेसनमा १८३ जना र सार्वजनिक आइसोलेसनमा १० जना रहेका छन् । चितवनमा आज कोरोना संक्रमणबाट पाँच जनाको मृत्यु भएसँगै अहिलेसम्म कोरोनाबाट ३४१ जनाले ज्यान गुमाएका छन् । चितवनमा अहिलेसम्म २१ हजार १६७ नागरिक कोरोना संक्रमित भएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>