Breaking News

पर्सिदेखि कोरोनाविरुद्धको भेरोसेल खोपको दोस्रो डोज, बाँकीले मन्त्रालयको वेभसाइटमा इन्ट्री गर्नुपर्ने

Banner

काठमाडौं, साउन २० –

सरकारले पर्सिदेखि कोरोनाविरुद्धको भेरोसेल खोपको दोस्रो डोज दिने अभियान देशैभर संचालन गर्ने भएको छ । असार २९ गतेदेखि ५५ वर्ष वा सो भन्दा माथिका व्यक्तिहरुलाई भेरोसेलको पहिलो डोज दिइएको थियो । पहिलो डोज लिएको २१ दिनभित्र दोस्रो डोज दिनुपर्छ ।

स्वास्थ्य मन्त्रालयको सचिवस्तरीय निर्णयअनुसार साउन २२ गतेदेखि दोस्रो डोज लगाउने अभियान सुरु हुने भएकाले सोही अनुसार अभियान संचालन गर्न मन्त्रालयले ७७ वटै जिल्लाका स्वास्थ्य कार्यालयलाई अनुरोध पनि गरेको छ ।

हालसम्म खोप लगाउन बाँकी रहेका व्यक्तिहरुले स्वास्थ्य मन्त्रालयको वेभसाइटमा गएर अनिवार्य आफ्नो विवरण इन्ट्री गर्नुपर्ने छ । सोको आधारमा मात्र लक्षित समूहभित्रका व्यक्तिलाई खोप दिने व्यवस्था गर्न मन्त्रालयले जानकारी दिएको छ ।

यसैगरी विदेश जाने नेपाली नागरिकलाई क्यूआर कोडसहितको कोरोना खोप लगाएको विद्युतीय प्रमाणपत्र उपलब्ध गराउने काम कीर्तिपुरस्थित राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रबाट आजदेखि सुरु गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>