Breaking News

साउन ३१ बाट भरतपुर–भैरहवा उडान सुरु हुने, सडकयात्रीलाई राहत मिल्ने आशा

Banner

चितवन, साउन १९-

भरतपुरबाट भैरहवासम्म जहाजमा जान सकिने भएको छ ।

बुद्ध एयरले क्षेत्रीय विमानस्थलहरुलाई जोड्ने क्रममा भरतपुर–भैरहवा रुटमा उडान गर्न लागेको हो ।

बुद्ध एयर भरतपुरका म्यानेजर भक्तबहादुर बस्नेतका अनुसार साउन ३१ बाट यो उडान हुने मिति तय भएको छ । आइतबार, बुधबार र शुक्रबार जहाज चल्ने गरि उडान तालिका तय भएको उनले नारायणी अनलाइनलाई जानकारी दिए । यसअघि बुद्धले भरतपुर–काठमाडौँ र भरतपुर–पोखरा रुटमा उडान गर्दै आइरहेको छ । अब पोखराबाट उडेको जहाज भरतपुर हुँदै भैरहवा पुग्ने प्रवन्धक बस्नेतले बताए ।
यस रुटको भाडा दर चार हजार ३३५, तीन हजार ३३५ र दुई हजार ८३५ रहेको छ ।

अहिले पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नारायणगढ–बुटवल खण्डमा सडक बिस्तारको काम जारी छ । त्यसकारण सडकमार्गमा हुने विभिन्न अवरोधका कारण यात्रा अवरुद्ध हुने यात्रुले अब भरतपुरबाट भैरहवा पुग्न सक्ने छन् । भैरहवा बुटवलबाट सबैभन्दा नजिकको विमानस्थल हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>