Breaking News

चितवनमा कोरोना संक्रमणबाट आज एकैदिन तीनको मृत्यु, १८० संक्रमित थपिए

Banner

चितवन, साउन १९-

चितवनमा कोरोना संक्रमणबाट तीन जनाको मृत्यु भएको छ ।

स्वास्थ्य कार्यालय चितवनको अनुसार भरतपुर अस्पतालमा दुई जना र पुरानो मेडिकल कलेजमा एक जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा चितवन, नवलपरासी र गोरखाका एक\एक जना रहेका छन् ।

त्यसैगरी विभिन्न अस्पतालबाट विगत २४ घण्टामा २० जना कोरोना संक्रमित बिरामी डिस्चार्ज भएका छन् । चितवनका विभिन्न अस्पतालमा २३१ जना कोरोना संक्रमित बिरामीले उपचार गराइरहेका छन् । जसमध्ये आईसीयूमा ८४ जना, भेन्टिलेटरमा २६ जना, एचडीयूमा ६० जना र जेनरल बेडमा ८७ जना रहेका छन् ।

त्यस्तै चितवनमा आज एकैदिन १८० जना कोरोना संक्रमित थपिएका छन् । जसमध्ये भरतपुर महानगरपालिकामा ११६ जना, खैरहनी नगरपालिकामा १० जना, माडीमा सात जना, रत्ननगर नगरपालिकामा १६ जना, राप्ती नगरपालिकामा १३ जना र कालिका नगरपालिमामा १८ जना रहेका छन् । योसँगै चितवनमा सक्रिय संक्रमितको संख्या दुई हजार १८९ जना पुगेको छ । जसमध्ये घरमा आइसोलेसनमा दुई हजार ४९ जना, अस्पतालको आइसोलेसनमा १३३ जना र सार्वजनिक आइसोलेसनमा सात जना रहेका छन् । चितवनमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या आजसम्म ३३६ जना पुगेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>