देश/प्रदेश
स्वास्थ्य मन्त्रालयले हटायो प्रमुख प्रशासकीय अधिकृत डा. जागेश्वर गौतमलाई
०

काठमाडौं, साउन १८ –
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालको प्रमुख प्रशासकीय अधिकृत डा. जागेश्वर गौतमलाई सरुवा गरिएको छ । आज मन्त्रीस्तरीय निर्णयका आधारमा गौतमलाई थापाथलीस्थित प्रसुती तथा स्त्री रोग अस्पतालमा सरुवा गरिएको हो । डा. गौतमको ठाउँमा ट्रमा सेन्टरका डा.रुद्र मरासिनीलाई राखिएको छ ।
स्वास्थ्य मन्त्रालयको प्रवक्ता रहेका डा. गौतमलाई मन्त्रालयले १० जेठमा युनिफाइड केन्द्रीय अस्पतालको प्रमुख प्रशासकीय अधिकारीमा नियुक्त गरेको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























