Breaking News

चितवनमा कोरोना संक्रमण व्यापक फैलियो, आज एकैदिन २२९ जना संक्रमित थपिए

Banner

चितवन, साउन १८
चितवनमा आज एकैदिन २२९ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य कार्यालय चितवनको तथ्यांक अनुसार यो तथ्यांक विगत दुई महिनाको दैनिक थपिने संक्रमितको संख्या मध्ये सर्वाधिक धेरै हो । प्राय गरेर दैनिक संक्रमण दर २०० को हाराहारीमा नै हुने गर्दथ्यो ।
थपिएका संक्रमित मध्ये भरतपुर महानगरपालिकाका १४३ जना, खैरहनी नगरपालिकाका १७ जना, माडी नगरपालिकामा १३ जना, रत्ननगर नगरपालिकामा ३९ जना, राप्ती नगरपालिकामा १२ जना, कालिकामा तीन जना र इच्छाकामना गाउँपालिकामा २ जना रहेका छन् ।
आज चितवनमा एक जना कोरोना संक्रमितले ज्यान गुमाएसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या जिल्लामा ३३५ जना पुगेको छ । त्यसैगरी स्वास्थ्य कार्यालयका अनुसार आइसोलेसनमा रहेका सक्रिय संक्रमितको संख्या दुई हजार १९२ पुगेको छ । जसमध्ये घरमा आइसोलेसनमा दुई हजार ६६ जना, अस्पतालमा १२१ जना र सार्वजनिक आइसोलेसन केन्द्रमा पाँच जना रहेका छन् ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>