Breaking News

कोरोना संक्रमणबाट चितवन मेडिकल कलेजमा आज चार जनाको मृत्यु, ३२ बिरामी आईसीयूमा

Banner

चितवन, साउन १७-

चितवन मेडिकल कलेजमा कोरोना संक्रणबाट आज एकैदिन चार जनाको मृत्यु भएको छ ।

स्वास्थ्य कार्यालय चितवनले उपलब्ध गराएको तथ्यांक अनुसार चितवनका दुई र मकवानपुरका दुई बिरामीको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो ।

त्यस्तै चितवनका विभिन्न अस्पतालबाट विगत २४ घण्टामा १८ जना कोरोना संक्रमित बिरामी डिस्चार्ज भएका छन् । विभिन्न अस्पतालमा अहिले २०८ जना बिरामीले उपचार गराइरहेका छन् । जसमा ३२ जना चितवन मेडिकल कलेजमा, १६ जना पुरानो मेडिकल कलेजमा र भरतपुर अस्पतालमा २४ जना गरी ७६ जना आईसीयूमा उपचार गराइरहेका छन् । त्यसैगरी भेन्टिलेटरमा १९ जना, एचडीयूमा ५२ जना र सामान्य बेडमा ८० जना रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>