Breaking News
चितवनमा आज ७९ कोरोना संक्रमित थपिए, घरमा आइसोलेसनमा बस्ने दुई हजार नाघे
०

चितवन, साउन १७-
चितवनमा आज ७९ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य कार्यालय चितवनले उपलब्ध गराएको तथ्यांक अनुसार भरतपुर महानगरपालिकामा ६५ जना, खैरहनी नगरपालिकामा ३ जना, माडी नगरपालिकामा एक जना, रत्ननगर नगरपालिकामा ६ जना र कालिकामा ४ जना थपिएका हुन् । शनिबार अस्पतालको ओपीडी बन्द हुने भएकोले पनि झण्डै दैनिक २०० को हाराहारीमा थपिएको कोरोना आज केही घटेको हो ।
योसँगै चितवनमा सक्रिय संक्रमितको संख्या दुई हजार १५१ जना पुगेको छ । जसमध्ये घरमा आइसोलेसनमा दुई हजार २६ जना, अस्पताल आइसोलेसनमा १२० जना, सार्वजनिक आइसोलेसनमा पाँच जना रहेका छन् । आज चितवनका दुईको निधन भएसँगै चितवनमा कोरोना संक्रमणबाट ३३४ जना पुगेको छ ।
फाइल फोटो
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>






















