Breaking News

एमालेमा एकताका लागि स्थायी कमिटी बैठक बस्दै

Banner

काठमाडौं, साउन १७ –

आज नेकपा एमालेले स्थायी कमिटी बैठक बोलाएको छ। अपरान्ह ३ बजे स्थायी कमिटी बैठक बस्ने भनी बैठक बोलाईएको हो । एमालेमा आन्तरिक एकताका लागि यसअघि स्थायी कमिटी बैठक स्थगित गर्दै आजसम्मका लागि सारिएको थियो।

तर शनिबार बेग्लाबेग्लै स्थानमा भएका कार्यक्रममा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले एकअर्काको आलोचना गरेका पनि गरेका थिए ।
विवाद समाधान गर्ने पहल भइरहेका बेला अध्यक्ष ओली र वरिष्ठ नेता नेपालले एकअर्काको गल्तीबारे बोलीरहेका थिए ।

वरिष्ठ नेता नेपालले कार्यदलले तयार पारेको १० बुँदे कार्यान्वयन हुन नसक्ने अडान राखेका छन् भने पार्टीमा समान हैसियतअनुसार अध्यक्ष हुनुपर्ने बताइरहेका छन्।अध्यक्ष ओलीले भने नेता नेपालले आफ्नो सरकार ढाल्न मुख्य भूमिका खेलकोले उनलाई एमालेमा ठाउँ नदिने बताएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>