Breaking News

आर्थिक अभावले भरतपुर अस्पतालमा छटपटिदैँ मिर्गौलापीडित सरला,सहयोगका लागि श्रीमानको अपिल

Banner

मनिका विश्वकर्मा,

चितवन, साउन १६ –

साउनको महिना मुसलदारे पानी परिरहेको थियो । गोरखाका ४० वर्षीय सन्तोष कुँवर अस्पतालको भित्रबाहिर गरिरहेका थिए । अस्पतालमा बिरामीको स्वास्थ्य सुधारको केही व्यक्तिहरु मन्दिरको वरपर भौतारिँदै थिए । उनको अवस्था देख्दा जो कोहीलाई पनि दया जागेर आउने थियो । रुँदारुँदै थाकेको जस्तो राता आँखा, एउटा पातलो गन्जी र जिन्सको प्वाल परेको पहिरनमा देखिने उनी अस्पताल बस्न थालेको डेढ महिना भइसक्यो । सन्तोषको श्रीमती सरला गिरी कँुवरको दुवै मिर्गौला बिग्रिएपछि उनी अस्पताल आएका रहेछन् ।

भरतपुरको सरकारी अस्पतालको आइसीयूको ६ नम्बर बेडमा सरलालाई स्लाइन पानी दिएर राखिएको छ । सरला अली अली बोल्न सक्छिन् । कहिले पेट दुख्यो, कहिले खुट्टा दुख्यो भनी सुतिरहेकै अवस्थामा बरबराइ रहन्छिन् सरला । कुनै बेला त सन्तोष पनि सँगै रहेको हुँदा उनले सुम्सुमायी दिन्छन् । दिनभरी यताउति हिडेर उनी सरलालाई भेट्न जान्छन त कहिले बाहिर आई एक्लै बस्छन् । मोबाइलमा राख्ने पैसा पनि छैन सन्तोषसँग । सरकारी अस्पताल भएकोले बिरामीलाई निःशुल्क खानाको व्यवस्था रहेकोले सन्तोष पनि बिहान १० बजे लाइनमा बस्छन् । बेलुका पनि ६ बजे खाना बाड्ने ठाउँमा उनी पुग्छन् । यसरी नै उनले बिहान बेलुका खानाको व्यवस्था गरिरहेका छन् । सरलालाई हप्ताको एकपटक डायलासिल गरिरहनुपर्छ ।

यताउती गरेर जोडेको रकम पनि सकिएको छ सन्तोषको । चितवन मेडिकल कलेजमा सरलाको उपचारको लागि तीन लाख सकिसकेको सन्तोष बताउँछन् । ज्याला मजदूरी गरेर बिहान बेलुकाको छाक टार्ने सन्तोषका तीन छोरा छन् । घरमा अहिले जेठो छोराले भाइ हेर्न छोडीदिएको सन्तोष बताउँछन् । सरलालाई मृर्गौलासम्बन्धी रोग भएको ६ वर्ष भयो । उनीसँग अहिले मोबाइलमा राख्ने पैसा पनि छैन । अस्पताल बस्नुपर्ने भएकोले काम छोडेको पनि डेढ वर्ष हुन थाल्यो सन्तोषको । रित्तो हात भएका छन् । ३६ वर्षीय सरलालाई रोगले समातेपछि सन्तोषले स्याहारसुसार गर्दै आएका छन् । तितोमिठो भए पनि खाएर खुसीसाथ बसेका उनीहरुलाई सरलाको स्वास्थ्य अवस्थाले निकै सकस गराएको छ । रातभरि सरलालाई हेरचाह गरेर बसेका सन्तोषको आफ्नो भनेको नै यिनै सन्तान र सरला नै हुन ।

यसरी लामो समयसम्म राख्ने गरी सरलालाई कहिले पनि बिरामी भएको थिएन । मृर्गौलामा समस्या भएदेखि सन्तोषले सरलालाई महिनामा १० हजार खर्च गरेर डायसिल गर्दै आएका थिए । अहिले सरलाको फोक्सोमा पनि समस्या देखिएको उनले बताए । सरलाको उपचार निःशुल्कको लागि उनले स्थानीय सरकारबाट पनि सिफारिस ल्याएका छन् । तर अरु स्वास्थ्य जाँचको लागि निःशुल्क भए पनि औषधि भने आफ्नै पैसाले किन्नुपर्ने सन्तोष बताउँछ । जसरी पनि सरलाको ज्यान बचाइदिन उनले अपिल गरेका छन् । सरलालाई बचाउनको लागि आफूसँग कुनै उपाय नभएको उनले रुदै नारायणी अनलाइनसँग भनेका छन् । सरलाकै उपचारको लागि अलि अलि भएको सम्पति र नगद रकम पनि सबै सकिएको उनले बताए । सहयोगको लागि आफूलाई ९८१८१३१७८१ म फोन गर्न सकिन्छ भन्दै सन्तोषले सबैसँग सहयोगको याचना गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>