Breaking News

माडीमा माओवादीद्वारा ४० बिघा जग्गा कब्जा, मेयर ढकाल नै भूमाफियाको पक्षमा लागेको आरोप

Banner

चितवन, साउन १६-

माडीमा मोहन वैद्य निकट नेकपा (क्रान्तिकारी माओवादी) ले आज ४० बिघा जग्गा कब्जा गरेको छ ।

कलाकार किरण केसी ‘राता मकै’ लगायतको ट्वान्टी वान समूहले माडी नगरपालिका–२ को पौबारीमा गैरकानुनीरुपमा जमिन खण्डीकरण गरेको भन्दै माओवादीले सो जग्गा कब्जा गरेको हो । यसमा माडी नगरपालिकाका मेयर ठाकुर ढकालको पनि मिलेमतो रहेको पार्टीले आरोप लगाएको छ ।

नेकपा (क्रान्तिकारी माओवादी) निकट विद्यार्थी संगठनका जिल्ला अध्यक्ष कृष्ण सुनारले जग्गा खण्डीकरण गरेर माडी नगरपालिकाको मेयरको मिलेमतोमा आर्थिक चलखेल भएको बताए । उनले भने, ‘ माडीमा दलाल र भूमाफियाहरुले मनपर्दीरुपमा गरेको जग्गा खण्डीकरण रोक्न पार्टीले जग्गा कब्जा गरेका हौं ।’ जग्गा कब्जा गरेपछि भएको कोणसभामा पार्टीका जिल्ला इन्चार्ज अशोक शर्माले सम्बोधन गरेको उनले नारायणी अनलाइनलाई बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>