Breaking News

थप ३९ जनासहित विदेशमा कोरोना संक्रमणकबाट ४८६ नेपालीले ज्यान गुमाए

Banner

लण्डन, साउन १६-

 

विश्वव्यापीरुपमा फैलिएको कारोना भाइरस (कोभिड १९) का कारण गत तीन सातामा विदेशमा थप ३९ जना नेपालीको निधन भएको छ ।

गैरआवासीय नेपाली संघ –एनआरएनए) का अनुसार मलेशियामा ३७ जना, इराकमा एक र युगान्डामा एक नेपालीको कोरोना भाइरसका कारणले ज्यान गएको हो ।

संघले संकलन गरेको तथ्यांक अनुसार हालसम्म भारतसहित विश्वभर २९ मुलुकमा रहेका ४८६ जना नेपालीको कोभिड १९ का कारणले निधन भएको छ । इराकमा पहिलो पटक कोरोनाका कारण नेपालीको ज्यान गएको हो । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार हालसम्म विदेशमा ५४ देशमा एक लाख २७ हजार ९३४ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ । ती मध्ये एक लाख १७ हजार ५२९ जना नेपाली कोरोनामुक्त भएका छन् ।

समितिका संयोजक डा. संजिव सापकोटाका अनुसार हालसम्म विदेशमा कोरोना संक्रमणबाट ९१ दशमलब ८६ प्रतिशत नेपाली संक्रमणमुक्त भएका छन् । सापकोटाका अनुसार विगत दुई सातामा मलेसिया र भारतमा रहेका नेपालीमा भने थप कोरोना संक्रमण देखिएको छ ।

यसैबीच नेपालमा हालसम्म पीसीआर परिक्षणबाट ६ लाख ९३ हजार १०९ जना संक्रमित पुगेका छन् । ९४.१ प्रतिशत अर्थात ६ लाख ५२ हजार २६१ जना संक्रमणमुक्त भएका छन् । संक्रमणका कारण हालसम्म ९ हजार ८३४जनाको निधन भएको छ ।

गैरआवासीय नेपाली संघले विगत कोरोना भाइरसको महामारी सुरु भएदेखि विदेशस्थित नेपाली समुदाय, विदेशमा कार्यरत नेपाली चिकित्सक, नेपाली नियोग, संघसंस्था र संघका शाखाद्धारा प्राप्त सूचनाका आधारमा तथ्यांक संकलन गर्दै आएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>