Breaking News

भरतपुर अस्पतालमा ६ सहित चितवनमा कोरोना संक्रमणबाट आज एकैदिन सात जनाको ज्यान गयो

Banner

चितवन, साउन १६-

चितवनमा कोरोना संक्रमणबाट आज एकै दिन सात जनाको ज्यान गएको छ ।

स्वास्थ्य कार्यालय चितवनको अनुसार चितवनमा विगत २४ घण्टामा भरतपुर अस्पतालमा ६ जना र पुरानो मेडिकल कलेजमा एक जना गरी सात जनाले कोरोनाका कारणले ज्यान गुमाएका हुन् ।

उपचारको क्रममा मृत्यु हुनेमा चितवनको चार जना, मकवानपुरको दुई जना र नवलपरासीको एक जना रहेका छन् । त्यस्तै चितवनको विभिन्न अस्पतालमा २१० जना कोरोना संक्रमित बिरामीले उपचार गराइरहेका छन् । जसमध्ये आईसीयूमा ६८ जना, भेन्टिलेटरमा १४ जना, एचडीयूमा ५४ जना र सामान्य बेडमा ८८ जना रहेका छन् । स्वास्थ्य कार्यालयका अनुसार विगत २४ घण्टामा विभिन्न अस्पतालबाट ३८ जना डिस्चार्ज भएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>