Breaking News

चितवनमा आज एकैदिन १४३ कोरोना संक्रमित थपिए, सक्रिय संक्रमितको संख्या २२३६ पुग्यो

Banner

चितवन, साउन १६-

चितवनमा आज १४३ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य कार्यालय चितवनको अनुसार भरतपुर महानगरपालिकामा ९६ जना, खैरहनीमा पाँच जना, माडीमा ११ जना, रत्ननगर नगरपालिकामा २१ जना, राप्तीमा ८ जना र कालिकामा २ जना थपिएका हुन् ।

त्यस्तै चितवनमा सक्रिय संक्रमितको संख्या २२३६ पुगेको छ । जसमध्ये घरमा आइसोलेसनमा २१०६ जना, अस्पतालमा १२२ जना र सार्वजनिक आइसोलेसनमा ८ जना रहेका छन् । त्यस्तै विगत २४ घण्टामा चितवनका चार जनाले कोरोना संक्रमणको कारणले ज्यान गुमाएका छन् । योसँग चितवनमा आजसम्म जम्मा कोरोना संक्रमणको कारणले ३३२ जनाले ज्यान गुमाएको स्वास्थ्य कार्यालय चितवनले जानकारी दिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>