चितवन विशेष
भरतपुरमा चितवन ग्रीन लियोले गर्यो वृक्षरोपण
०

चितवन, साउन १६–
चितवन ग्रीन लियो क्लवले भरतपुरमा वृक्षरोपण गरेको छ । लियो डिष्ट्रिक्ट काउन्सील ३२५ बी टु को हरियाली अभियान अन्तरगत शुक्रबार भरतपुर–११ भोजाडस्थित दीपज्योति टोलमा वृक्षरोपण गरिएको कार्यक्रम संयोजक पुजन सुवेदीले जानकारी दिए ।
सो क्षेत्रमा अमला, अशोक, धुपी, च्युरीलगायतका बिरुवा रोपिएको संयोजक सुवेदीले बताए । वृक्षरोपणका लागि दीपज्योति टोलका अध्यक्ष मोहदत्त शर्मा पौडेलले समन्वय गरेका थिए । उनले टोलमा एक घर, तीन बिरुवा संरक्षण अभियान थालेका छन् । यसले रोपिएको बिरुवा संरक्षणमा हुनेमा आफूहरु ढुक्क रहेको क्लवका प्रथम उपाध्यक्ष हरि पौडेलले बताए ।

चितवन ग्रीन लायन्स क्लवका अध्यक्ष गुणराज दाहालको प्रमुख आतिथ्यतामा भएको वृक्षरोपण कार्यक्रम चितवन ग्रीन लियो क्लवका अध्यक्ष सुर्वण खरेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























