Breaking News

श्रीमान् लामो समय विदेश बस्दा बढ्न थाल्यो सम्बन्ध विच्छेद

Banner

चितवन, साउन १५

पारिवारिक रुपमा कलझगडा बढेपछि एक दम्पतीले सम्बन्ध विच्छेद (डिभोर्स) गर्ने निर्णयमा पुगे । पूर्वी चितवन राप्ती नगरपालिकामा एक दम्पतिले विवाह भएको पाँच वर्षपछि डिभोर्सं गर्नुको कारण थियो घर झगडा । श्रीमानले घरखर्च चलाउन नखोज्ने, कुटपिट गर्ने गरेकाले कानुनको साहारा लिएको श्रीतमी बताउँछिन । श्रीमानले कुटपिट गर्न थालेपछि उनि वडा कार्यालयमा मिलापत्रको लागि गएकी थिइनन् । आफन्तसंग बोल्दा हाँस्दाको कारणले श्रीमानले कुटपिट गर्दै आएको उनले बताइन् । वडाले सम्झाईबुझाई पठाँउदा पनि उनलाई श्रीमानले बारम्बार कुटि नै रहे । केही सिप नलागेपछि उनी अदालतको शरणमा पुगिन ।

अदालतसम्म पुग्न पनि उनको पिडा कम भएन् । माईती घरमा नै आएर उनलाई श्रीमानले कुटपिट गरे । उनले श्रीमानसंग छुट्टिने विचार गरिन् । तर श्रीमानले भने उनको निर्णयलाई अस्वीकार गरे । अदालतले पनि उनीहरु सकेसम्म मिलुन नै भनेर ६ महिना मिलापत्रका लागि जोड दिइयो । उनिहरु विच मिलापत्र हुन नसकेपछि डिभोर्स भयो । अंशबिनाको डिर्भोस भए पनि श्रीमानले छोराको पालनपोषणको खर्च दिने भनेर अदालतले फैसला गरेका थिए । लिखित रुपमा भएको उक्त फैसलालाई अझै पनि श्रीमानले पालन गरेका छैनन् । दुवै जनाले अर्को विवाह गरे । ११ वर्षीय छोरा भने श्रीमतीसंगै बसेका छन् । छोराको पालनपोषण सबै श्रीमतीले नै गरिरहेकी छिन् । यो एउटा प्रतिनिधि घटना मात्रै हो । यस्ता दर्जनौं सम्बन्ध विच्छेदहरु हाम्रो समाजमा विभिन्न कारणले भइरहेका छन ।

चितवन जिल्ला अदालतको तथ्यांक हेर्ने हो भने पनि दर्ता भएका आधा सम्बन्ध विच्छेदका मुद्दा मिलापत्र भएको देखिन्छ । यस आर्थिक बर्षको साउन १ गतेदेखि आजसम्म अर्थात १५ दिनसम्म मात्रै चितवनका ५६ जना दम्पतिले सम्बन्ध विच्छेदको लागि मुद्दा दर्ता गरेका छन । जसमा २४ वटा मुद्दा त मिलापत्रमा गईसकेको अदालतले जनाएको छ ।

१४ जना केटा र ३९ जना केटीले सम्बन्ध विच्छेदको लागि अदालतमा मुद्दा दर्ता गरेका छन् । अधिकांश महिलाले दर्ता गरेका मुद्दाहरु मिलापत्रमा जाने अदालतका श्रेष्तेदार ईश्वर आर्चायले बताए । सम्बन्ध विच्छेद हुनुमा मुख्य कारण भनेकै घरयासी विवाद हुन् । उमेर नपुगी चाडैं विवाह गर्नाले, शारीरिक रुपमा परिपक्क नहुँदा, आर्थिक रुपमा मनमुटाव सिर्जना भई दम्पतिहरु छुट्टिन चाहाने उनले बताए ।
गएको वर्षमा मात्रै चितवनमा १०७९ जनाले सम्बन्ध विच्छेदको लागि मुद्दा दर्ता गरेका छन् भने ६१० जनाले सम्बन्ध विच्छेद गरेका छन् । जसमा ४६९ जनाको सम्बन्ध विच्छेद नभई मिलापत्रमा गएको पाईएको छ ।

पछिल्लो समय सम्बन्ध विच्छेद हुनुको कारण वैदेशिक रोजगार पनि रहेको चितवन जिल्ला अदालतका शाखा अधिकृत नवराज सिंखडाले जानकारी दिए । महिला अथवा पुरुष लामो समयसम्म घर नफर्किदा पनि सम्बन्ध विच्छेद भएको उनले बताए । विदेशमा लामो समयसम्म बस्दा, लामो दुरी कायम हुँदा शंकाको भरमा सम्बन्ध विच्छेद हुने गरेको उनले बताएका छन् ।

वैदेशिक रोजगारको सवालमा महिला भन्दा पनि पुरुषहरुले सम्बन्ध विच्छेद गर्ने गरेको सिंखडाले जानकारी दिए । उनका अनुसार महिलाहरुले चाँही घरयासी विवादको कारण, घरेलु हिंसाको कारण सम्बन्ध विच्छेद गरिरहेका छन् । त्यस्तै वैदेशिक रोजगारको लागि गरिएको नक्कली विवाहको पनि सम्बन्ध विच्छेद हुने गरेको उनले बताए ।

चितवनकी लेखक एवं अधिवक्ता सरिता तिवारीका अनुसार सम्बन्ध विच्छेद बढ्नुको कारण महिला आत्मनिर्भर हुनु पनि हो । अहिले सम्बन्ध विच्छेदका मुद्दाहरु थोरै समयमा नै फैसला हुने गरेको छ । महिलाहरु सचेत भएका कारण पनि सम्बन्ध विच्छेदका मुद्दा बढेको भन्दै उनले भनिन्, ‘महिलाहरुलाई अहिले अन्याय भनेको के हो भन्ने थाहा भइसकेको छ ।’ सम्बन्ध बिच्छेद गर्दा श्रीमान वा श्रीमतीको सामाजिक, मानसिक तथा शारीरिक अवस्थामाथि आई पर्ने आकस्मिक समस्याबाट बच्ने हिसाबले गर्ने गरेको पाइएको उनले बताइन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>