Breaking News

नेपालमा थप ३ हजार ६११ जनामा कोरोना संक्रमण पुष्टि, २७ जनाको मृत्यु

Banner

काठमाडौँ,साउन १५ –

पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार ६११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ९ हजार ७८३ पीसीआर परीक्षण गर्दा २ हजार ४६७ जना र ४ हजार ८७८ एन्टिजेन परीक्षण गर्दा १ हजार १४४ गरी ३ हजार ६११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

मन्त्रालय अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २७ जनाको मृत्यु भएको छ भने हालसम्म कोरोना संक्रमणबाट ९ हजार ८३४ जनाको मृत्यु भएको छ ।

यस्तै आज कोरोना संक्रमणबाट १ हजार ८१६ जनामा कोरोना संक्रमणमुक्त भएका छन् भने हालसम्म ६ लाख ५२ हजार २६१ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>