चितवन विशेष

जस्मीन पेन्ट्स उत्पादन गर्ने मनकामना ग्रुपले सुरु गर्‍यो ‘दरबार फूड्स’, ‘महेक मसाला’ उत्पादन सुरु

०
Banner

चितवन, साउन १५–

देशकै अग्रणी पेन्ट्सको रुपमा परिचित जस्मीन पेन्ट्स उत्पादन गर्ने संस्था हो मनाकामना ग्रुप । यस ग्रुप अन्तरगत जस्मीन पेन्ट्स मात्र होइन निर्माणजन्य अन्य सामग्रीहरु पनि उत्पादन हुँदै आइरहेको छ । अब यस ग्रुप निर्माणजन्य सामग्रीमा मात्रै सिमित छैन फाष्ट मुभिङ कन्जुमर गुड्स (एफएमसीजी)मा समेत अघि बढेको छ ।

चितवनमा रहेको मनकामना ग्रुपले पछिल्लो समय दरबार फूड्स उद्योग स्थापना गरेको हो । भरतपुर महानगरपालिका–४ लक्ष्मीपुरस्थित ९ कठ्ठा जमिनमा उद्योग स्थापना गरिएको हो । यस उद्योग स्थापना गर्दा २२ करोड लगानी भएको मनकामना ग्रुपका अध्यक्ष लक्ष्मण अर्यालले नारायणी अनलाइनलाई जानकारी दिए ।

यस उद्योगबाट हाल ‘महेक’ नामको मसाला उत्पादन सुरु भएको छ । अहिले ‘मम मसाला’, ‘मिट मसाला’, ‘मिक्स मसाला पाउडर’लगायतका १८ किसिमिका मसाला उत्पादन भइरहेको दरबार फूड्सका प्रवन्ध निर्देशक रविन शर्मा भुषालले नारायणी अनलाइनलाई जानकारी दिए । ‘अहिले दैनिक प्रयोगमा आउने मसाला उत्पादन गरिरहेका छौं’ भुसालले नारायणी अनलाइनसंग भने ‘दालमोठ, भुजिया र नमकिन उत्पादन गर्ने तयारी गरिरहेका छौँ ।’

ग्रुपका अध्यक्ष अर्यालले आफूहरुको लक्ष्य नै गुणस्तरीय वस्तु उत्पादन गर्ने रहेको बताए । उनले भने–‘हामी गुणस्तरमा कुनै कम्प्रमाइज गर्दैनौं, नेपालका राम्रा उद्योगमा काम गरिसकेका अनुभवी र दक्ष कामदार ल्याएर उत्पादन गरिरहेका छौं ।’

अहिले मसलाले बजार लिन थाली सकेको छ । बजार प्रतिस्पर्धात्मक भए पनि मेहकले ग्राहकको मन जित्नेमा कम्पनी आशाबादी रहेको छ । मनकामना ग्रुपबाट हाल जस्मिन पेन्ट्स, जगदम्बा प्लास्टिक, टाटा मेटल एण्ड क्राफ्ट लगायतका आधा दर्जन निर्माणसँग सम्बन्धित उद्योगहरु रहेका छन् ।

नेपालमा वार्षिक १२ देखि १४ सय करोडको मसला प्रयोग हुन्छ । जसमध्ये ४० प्रतिशत घरेलु मसला रहेको छ भने बाँकी ६० प्रतिशत उद्योगहरुबाट उत्पादित मसलाहरु हुन् । ती ६० प्रतिशत मध्ये ३० प्रतिशत मात्रै मसला नेपाली उद्योगद्धारा उत्पादित हुन् । ३० प्रतिशत मसला विदेशबाट आयात हुने गरेको छ । पछिल्लो समय नेपाली उद्योगबाट उत्पादित मसलाहरुले राम्रो बजार पाउन थालेको छ ।

नेपाली उत्पादनको प्रयोग बढ्दै गए करोडौंको मसला आयात गर्न पर्दैन । यसले नेपाल भित्रको ढुकुटी नेपालमै रहने छ । ‘हामी उत्कृष्ट र गणस्तरीय मसला उत्पादन गर्ने प्रतिवद्ध छौँ, ग्राहकहरुलाई नेपाली उत्पादन नै प्रयोग गरेर नेपालको अर्थतन्त्र उकास्न आग्रह गर्दछौं’ प्रवन्ध निर्देशक भुसालले भने ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>