चितवन विशेष

भरतपुरको भाटभटेनी सुपरमार्केटमा आज १२० जनाले गरे रक्तदान

Banner

चितवन, साउन १४-

भरतपुरको भाटभटेनी सुपरमार्केटमा भएको रक्तदान कार्यक्रममा १२० जनाले रक्तदान गरेका छन् ।

चितवन र यस वरपरका जिल्लाहरूमा देखिएको रगतको चरम अभावलाई पूर्ति गर्ने उद्देश्यले नारायणगढ रोटरी क्लब, नारायणगढ रोट¥याक्ट क्लब, स्पाउज क्लब अफ आरसी नारायणगढ र स्ट्यान्डर्ड चार्टर्ड बैँक नेपाल लिमिटेडको संयुक्त आयोजनामा सो रक्तदान गरिएको हो ।

‘रक्तदान जीवन दान’ भन्ने नारालाई आत्मसात गर्दै गरिएको उक्त रक्तदान कार्यक्रममा २१ जना महिला र ९९ जना पुरुष गरी जम्मा १२० जना रक्तदाताले रक्तदान गरेको नारायणगढ रोटरी क्लबका अध्यक्ष अरुणकुमार खनालले बताए ।

इन्ट¥याक्ट क्लब अफ वाल्मीकि, भाटभटेनी सुपर मार्केट तथा डिपार्टमेन्टल स्टोर सहयोगी संस्थाको रूपमा रहेको खुला रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र, भरतपुरको प्राविधिक सहयोग रहेको थियो । कार्यक्रममा आयोजक संस्थाहरूको तर्फबाट स्पाउज क्लब अफ आरसी नारायणगढकी अध्यक्ष निरा श्रेष्ठ, रोट¥याक्ट क्लब अफ नारायणगढका अध्यक्ष प्रवेश श्रेष्ठ, रोटरी डिष्ट्रिक्ट ३२९२, जोन ३० का असिस्टेन्ट गभर्नर नारायण प्रधान, नारायणगढ रोटरी क्लबका संस्थापक अध्यक्ष निरञ्जन प्रधान, क्लबका पूर्वअध्यक्ष एवम् सदस्यहरू लगायत स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड भरतपुरका शाखा प्रवन्धक निवेश श्रेष्ठको उपस्थिति रहेको कार्यक्रम संयोजक डाक्टर स्वेता गुप्ताले बताइन् ।

त्यसैगरी देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले देवघाटवासीलाई समेत रक्तदान कार्यक्रममा सहभागिता जुटाई रक्त दान गरेको तथा स्ट्यान्डर्ड चार्टर बैंक भरतपुर शाखाका प्रवन्धक निवेश श्रेष्ठको पहलमा नारायणगढ र भरतपुरमा रहेका विभिन्न बैँकका कर्मचारीहरूलगायत भाटभटेनीमा सामान किन्न पुगेका ग्राहकहरूले समेत रक्तदान गरेको स्पाउज क्लबका अध्यक्ष निरा श्रेष्ठले जानकारी दिइन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>