चितवन विशेष

भरतपुरको गणेशधाममा रोटरीको वृक्षरोपण

Banner

चितवन, साउन १३-

नारायणगढ रोटरी क्लबले भरतपुरको गणेशधाममा वृक्षरोपण गरेको छ ।

रोट¥याक्ट क्लब अफ नारायणगढ, स्पाउज क्लब अफ आरसी नारायणगढ र फर्निचर उद्योग तथा फर्निसिङ व्यवसायी सङ्घ चितवनको संयुक्त आयोजनामा वृक्षरोपण कार्यक्रम भएको हो ।

भरतपुर महानगरपालिकाको मेयर रेनु दाहालको प्रमुख अतिथि रहेको कार्यक्रममा भरतपुर महानगरपालिका वडा नं २ का वडा अध्यक्ष पूर्णबहादुर श्रेष्ठ र वडा नं ११ का वडा अध्यक्ष बाबुराम अधिकारीको उपस्थिति रहेको थियो । गणेशधाम परिसरमा एक हजार बिरुवाहरू वृक्षरोपण गरिएको नारायणगढ रोटरी क्लबका अध्यक्ष अरुणकुमार खनालले जानकारी दिए ।

रोटरी अन्तर्राष्ट्रियको प्रमुख कार्यक्षेत्रहरू मध्ये वातावरण संरक्षण पनि एक रहेको र नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघको सातौँ स्थापना दिवसको अवसर पारेर वृक्षरोपण कार्यक्रम गरिएको अध्यक्ष खनालले बताए ।

त्यसैगरी गणेशधाम सम्वद्र्धन समितिका संयोजक दिनेशकुमार चुकेले गणेशधाम परिसरभित्र १० हजार बिरुवाहरू रोपिने योजना भएको र आजबाटै सो कार्यलाई निरन्तरता दिने हामीलाई बताए । कार्यक्रममा आयोजक संस्थाको तर्पmबाट स्पाउज क्लब अफ आरसी नारायणगढका अध्यक्ष निरा श्रेष्ठ, रोट¥याक्ट क्लब अफ नारायणगढका अध्यक्ष प्रयास श्रेष्ठ, नारायणगढ रोटरी क्लबका संस्थापक अध्यक्ष निरञ्जन प्रधान, पूर्वअध्यक्ष चुननारायण श्रेष्ठ, निवर्तमान अध्यक्ष अनुकूल श्रेष्ठलगायत अन्य सदस्यहरूको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>