Breaking News

३ हजार ८४० जनामा कोरोना संक्रमण पुष्टि, ३३ जनाको मृत्यु

Banner

काठमाडौं, साउन १३ –

पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार ८४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार १० हजार ८८६ जनामा गरिएको पीसीआर परीक्षणमा २,६३४ र ४,९२२ जनामा गरिएको एन्टिजेन परीक्षणमा १,२०६ जना गरी ३,८४० जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

मन्त्रालय अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३३ जनाको मृत्यु भएको छ भने हालसम्म कोरोना संक्रमणबाट ९ हजार ७९१ जनाको मृत्यु भएको छ ।

यस्तै आज कोरोना संक्रमणबाट १ हजार ९९३ जनामा कोरोना संक्रमणमुक्त भएका छन् भने हालसम्म ६ लाख ४९ हजार ७२ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>