Breaking News
भरतपुर अस्पतालमा चारसहित आज एकैदिन कोरोना संक्रमणबाट चितवनमा पाँच जनाको मृत्यु
०

चितवन, साउन १३-
चितवनमा आज कोरोना संक्रमणबाट पाँच जनाको मृत्यु भएको छ ।
स्वास्थ्य कार्यालय चितवनले उपलब्ध गराएको तथ्यांक अनुसार भरतपुर अस्पतालमा चार जना र चितवन मेडिकल कलेजमा एक जनाको मृत्यु भएको हो । मृतक पाँच जनामध्ये चितवनका चार जना र नवलपरासीको एक जना रहेका छन् ।
त्यस्तै चितवनका विभिन्न अस्पतालमा १८५ जना कोरोना संक्रमित बिरामीको उपचार भइरहेको छ । जसमध्ये आईसीयूमा ६१ जना, भेन्टिलेटरमा ८ जना, एचडीयूमा ४६ जना र जेनरल बेडमा ७९ जनाको उपचार भइरहेको छ । विगत २४ घण्टामा विभिन्न अस्पतालबाट २४ जना डिस्चार्ज भएको पनि स्वास्थ्य कार्यालयले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























