Breaking News

चितवनमा आज एकैदिन १७९ कोरोना संक्रमित थपिए, सक्रिय संक्रमितको संख्या दुई हजार नाघ्यो

Banner

चितवन, साउन १३-

चितवनमा आज १७९ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य कार्यालय चितवनले जनाएअनुसार भरतपुर महानगरपालिकामा १२५ जना, खैरहनी नगरपालिकामा १५ जना, माडी नगरपालिकामा १२ जना, रत्ननगरमा १२ जना, राप्तीमा १४ जना र कालिकामा १ जना कोरोना संक्रमित थपिएका हुन् ।

योसँगै चितवनमा संक्रिय कोरोना संक्रमितको संख्या दुई हजार १६ जना पुगेको छ । जसमध्ये घरमा आइसोलेसनमा एक हजार ८९६ जना, अस्पतालको आइसोलेसनमा ११३ जना र सार्वजनिक आइसोलेसनमा ७ जना रहेका छन् ।

चितवनमा आज चार जना कोरोना संक्रमितको मृत्यु भएसँगै कोरोनाले ज्यान गुमाउनेहरुको संख्या ३२५ जना पुगेको छ । आजसम्म चितवनमा कोरोनाबाट १९ हजार ९०६ जना संक्रमित भइसकेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>