खैरहनी

बुबाआमा विहीन बालबलिकालाई आर्थिक सहयोग, अभिभावकत्व ग्रहण गर्ने मेयर चौधरीको घोषणा

Banner

चितवन, साउन १२–

चितवनको खैरहनी नगरपालिका भित्र रहेका बुबाआमा विहीन बालबालिकालाई आर्थिक सहयोग गरिएको छ । बागमती प्रदेश सरकारको शिक्षा,स्वास्थ्य र पोषण कार्यक्रम अन्र्तगत नगर भित्रका ७ जना वालवालिकालाई मंगलवार ९६ हजार रुपैया प्रदान गरिएको हो ।

प्रति व्यक्ती १३ हजार ७१५ रुपैयाँका दरले उनीहरुलाई आर्थिक सहयोग गरिएको नगरपालिकाको महिला तथा वालवालिका शाखा प्रमुख कृष्णकुमार गुरुङले जानकारी दिईन् । एक कार्यक्रमका बीच ति वालवालिकाहरुलाई नगर प्रमुख लालमणि चौधरीले नगद प्रदान गरे । आर्थिक सहयोग प्राप्त गर्नेहरुमा खैरहनी ५ र ११ का दुई दुई जना र बडा नम्वर १३ का ३ जना रहेका शाखा प्रमुख गुरुङले बताईन् । बुबाआमा विहीन रहेको पहिचान पश्चात वडाले उनीहरुको सिफारिस नगरपालिकामा पठाएको थियो । रकम प्राप्त गर्न १५ दिने सुचना समेत जारी गरिएको थियो । रकम प्राप्त गर्नेहरुमा खैरहनी ५ का मुस्कान नेपाली र प्रिया नेपाली, खैरहनी ११ का रवि नेपाली र रन्जु नेपाली तथा खैरहनी १३ का सन्दिप महतो, सन्दिपा महतो र सन्जित महतो रहेको महिला तथा बालबालिका शाखा उपप्रमुख विमला रानाभाटले बताईन् ।

रकम प्रदान गर्दै खैरहनी नगरपालिका प्रमुख लालमणि चौधरीले बुबाआमा विहीन ति बालबालिकाहरुको अभिभावकत्व नगरपालिकाले ग्रहण गर्ने बताए । बुबाआमा विहीन भएकालाई नगरपालिकाले सहारा दिन्छ नगर प्रमुख चौधरीले भने–‘उनीहरुको शिक्षा ,स्वास्थ्यलाई प्राथमिकता दिएर अभिभावकत्व ग्रहण गरिन्छ ।’ नगर प्रमुख चौधरीले त्यस्ता बालबालिकाहरुको तथ्यांक आएकाले उनीलाई आवश्यक सहयोगका लागि विवरण संकलन गर्न महिला बालबालिका शाखालाई आग्रह गरे । रकम हस्तान्तरण कार्यक्रममा उपप्रमुख सुनिता थपलिया, प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त न्यौपाने,सामाजिक विकास समिति संयोजक मनेजर महतो,कार्यपालिका सदस्य गोमादेवी भुजेल,वडा सदस्यहरु जीवन कार्की,राजकुमारी अछामी र अनिता चौधरी लगायतको उपस्थिती रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>