Breaking News

चितवनका काँग्रेस नेता पृथ्वीमान गुरुङ बने गण्डकी प्रदेशको प्रमुख

Banner

चितवन, साउन १२–

चितवनका नेपाली काँग्रेसका नेता पृथ्वीमान गुरुङ गण्डकी प्रदेशको प्रमुखमा नियुक्त भएका छन् ।

सरकारले आज गण्डकी प्रदेशकी प्रमुख चितवनकी सीता पौडेललाई हटाउँदै चितवनकै गुरुङलाई प्रमुख बनाउने सिफारिस गरेको हो ।

भरतपुर महानगरपालिका–२६ निवासी गुरुङ नेपाली काँग्रेस चितवनका पूर्व सभापति समेत हुन् । तत्कालिन कांग्रेस विभाजन हुँदा गुरुङ पूर्व शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारी पछिका सभापति हुन् ।

गुरुङले वि.सं.२०३६ सालमा पृथ्वी नारायण क्याम्पसमा अध्यापन समेत गरेका थिए । नेता गुरुङ चितवनको शालिन र भद्र नेताको रुपमा चिनिन्छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>