Breaking News

एमाले नेता देवी ज्ञवाली भन्छन्ः अर्काको पार्टी फुटाएर बलियो बन्ने सपना नदेखे हुन्छ

Banner

चितवन, साउन १२-

नेकपा एमाले चितवनका नेता देवी ज्ञवालीले अर्काको पार्टी फुटाएर आफू बलियो बन्छु भन्ने सपना नदेख्न चेतावनी दिएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा पार्टी विभाजनबारे आफ्नो विचार लेख्दै ज्ञवालीले पार्टी विभाजनमा अन्य पार्टी लागिपरेको तर्फ संकेत गर्दै सो विचार राखेका हुन् ।

उनले भनेका छन्, ‘ अर्काको पार्टी फुटाएर आफू बलियो बन्छु भन्ने सपना कसैले देखेको छ भने ख्याल राख्नुहोस् । त्यो रोगको शिकार हुन तपाइँलाई पनि धेरै दिन लाग्ने छैन ।’ उनले यसबाट एमाले फुटाउन कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डले खेलिरहेको भूमिकालाई संकेत गरिरहेका छन् । जनता समाजवादी पार्टी पनि सत्ता मोहकै कारणले अहिले दुई चीरा परेको छ । यसरी पार्टी फुटाउने प्रवृत्ति रोग जस्तो नराम्रो भएको तर्फ नेता ज्ञवालीले संकेत गरेका छन् ।

त्यसैगरी ज्ञवालीले सामाजिक सञ्जाल फेसबुकबाट नै कुनै पनि शर्त नराखी पार्टी एकता गर्न आव्हान पनि गरेका छन् । उनले भनेका छन्, ‘पार्टी एकताको मूल्यमा कुनै पनि शर्त प्रमुख हुन सक्दैनन् । पहिले एकता जोगाऊ अनि आन्तरिकरुपमा बिगतका विभिन्न विषयको समीक्षा गर्दै जाउला ।’ उनले आन्तरिकरुपमा पार्टीभित्र भएका गल्ती कमजोरीलाई समीक्षा गर्नुपर्ने आवश्यकतालाई पनि औंल्याएका छन् ।

 

फाइल फोटो

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>