Breaking News

चितवनमा कांग्रेसका १० हजार बढी नयाँ क्रियाशिल सदस्य थपिए

Banner

चितवन, साउन १२-

नेपाली कांग्रेस चितवनमा १० हजार ७०० नयाँ क्रियाशिल सदस्य थपिएका छन् ।

कांग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले नारायणी अनलाइनलाई उपलब्ध गराएको तथ्यांकअनुसार चितवनमा पुरानो क्रियाशिल सदस्य १७ हजार १५० जना रहेका थिए । नयाँ थपिएसँगै चितवनमा कांग्रेस क्रियाशिल सदस्यको संख्या २७ हजार ८५० पुगेको छ ।

चितवन क्षेत्र नम्बर १ मा आठ हजार ७००, क्षेत्र नम्बर २ मा नौ हजार २४८ जना र क्षेत्र नम्बर ३ मा नौं हजार ८९८ जना क्रियाशिल सदस्य रहेका छन् । कांग्रेसको अधिवेशन नजिकिएसँगै चितवनको वाडदेखि जिल्लासम्म पदाधिकारीहरुमा आकांक्षीको संखया बढीरहेको छ । क्रियाशिल सदस्यता वितरणमा भने चितवनमा कुनै विवाद नरहेको कांग्रेस चितवनले जनाएको छ । कांग्रेस चितवनका सभापति श्रेष्ठले चितवन सभापतिमा धेरैले आकांक्षा राखे पनि उम्मेदवारी मनोनयन नभएसम्म उम्मेदवारको ग्यारेन्टी नहुने बताए ।

सात प्रदेशमध्ये सबैभन्दा बढी क्रियाशील सदस्यता वाग्मती प्रदेशमा रहेका छन् । बाग्मतीमा एक लाख ८६ हजार १४३ क्रियाशील सदस्यता रहेकोमा कर्णालीमा सबैभन्दा कम जम्मा ५४ हजार ५६६ क्रियाशील सदस्य रहेका छन् ।

देशभर नेपाली कांग्रेसमा चार लाखभन्दा बढी नयाँ क्रियाशील सदस्य थपिएका छन् । १४ औं महाधिवेशनका लागि देशभरबाट आठ लाख ५२ हजार ७११ जनालाई कांग्रेसको क्रियाशील सदस्यता प्रदान गरिएकोमा चार लाख नौ हजार ३३ जना नयाँ क्रियाशील सदस्य थपिएका हुन् ।

क्रियाशील सदस्यता छानविन समितिले मंगलबार सभापति शेरबहादुर देउवालाई बुझाएको प्रतिवेदनमा चार लाख ४३ हजार ६७८ जनाले नवीकरण गरेका छन् । १३ औं महाधिवेशनमा ४ लाख ७० हजार क्रियाशील सदस्य थिए । कांग्रेसले यसपटक क्रियाशील सदस्यको संख्या शतप्रतिशत बढाएको हो । समितिले बुझाएको प्रतिवेदनमा ६ लाख ५३ हजार ४३८ पुरुष क्रियाशील सदस्य रहेका छन् भने महिला सदस्यता १ लाख ९९ हजार ९७ जना मात्रै छन् । अन्यमा १७६ क्रियाशील सदस्य रहेका छन् ।

त्यस्तै कांग्रेसमा ४० वर्षमुनिका क्रियाशील सदस्यको संख्या झण्डै तीन लाख पुगेको छ । १८ देखि २५ वर्षसम्मका क्रियाशील सदस्यको संख्या ४० हजार ४२७ रहेको छ भने २६ देखि ४० वर्षका २ लाख ४९ हजार ७७४ क्रियाशील सदस्य रहेको प्रतिवेदनमा उल्लेख छ ।

यस्तै ४१–६० वर्षका ३ लाख २८ हजार २३४ छन् भने ६१–७५ उमेर समूहका क्रियाशील सदस्यको संख्या ८३ हजार १० रहेको छ । ७६ वर्षमाथिका क्रियाशील सदस्य ११ हजार ७८२ जना रहेका छन् ।

क्रियाशील सदस्यमा समावेशी प्रतिनिधित्व

कांग्रेसमा क्रियाशील सदस्यता संख्या सबैभन्दा बढी खस–आर्य समुदायको छ । खस–आर्यतर्फ तीन लाख ६७ हजार ६११ क्रियाशील सदस्य रहेका छन् भने आदिवासी जनजातितर्फ २ लाख ८ हजार १५९ जनाले क्रियाशील सदस्यता पाएका छन् । अल्पसंख्यक ६ हजार ८२९, मधेसी ९५ हजार १४१, मुस्लिम १६ हजार ९७०, थारु २७ हजार ६१५ र पिछडिएको क्षेत्रका १४ हजार ९१४ जनालाई क्रियाशील सदस्यता प्रदान गरिएको छ । अपांगता भएका क्रियाशील सदस्यता जम्मा २०१ जना रहेको प्रतिवेदनमा उल्लेख छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>