Breaking News

चितवनमा आज एकैदिन कोरोनाका १८९ संक्रमित थपिए, भरतपुर अस्पतालमा एक जनाको मृत्यु

Banner

चितवन, साउन ११-

चितवनमा आज एकैदिन १८९ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य कार्यालयका अनुसार भरतपुर महानगरपालिकामा ८६ जना, खैरहनी नगरपालिकामा २८ जना, माडीमा ८ जना, रत्ननगरमा ३० जना, राप्ती नगरपालिकामा १७ जना, कालिकामा ८ जना र इच्छाकामनामा २ जना रहेका छन् । योसँगै चितवनमा सक्रिय संक्रमितको संख्या १९०३ जना पुगेको छ ।

त्यस्तै आज भरतपुर अस्पतालमा एक जना नवलपरासीका कोरोना संक्रमितको निधन भएको छ । चितवनका विभिन्न अस्पतालबाट विगत २४ घण्टामा २८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । १९७ जना कोरोना संक्रमित बिरामीले चितवनका विभिन्न अस्पतालमा उपचार गराइरहेका छन् । जसमध्ये आईसीयूमा ७० जना, भेन्टिलेटरमा ११ जना, एचडीयूमा ४५ जना, जेनरल बेडमा ८२ जना रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>