देश/प्रदेश

पूर्वप्रधानमन्त्री खनाललाई दिइएको उपचार खर्च गैरकानुनी भन्दै प्रधानमन्त्री कार्यालयमा ज्ञापनपत्र

Banner

चितवन, साउन १०-

पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई उपलब्ध गराएको उपचार खर्च गैर कानुनी छ भन्दै विवेकशील साझा पार्टीले प्रधानमन्त्री कार्यालयमा ज्ञापनपत्र दर्ता गराएको छ ।

विवेकशील साझा पार्टीका सचिवालय सदस्य पुकार बम, संघीय समिति सदस्य हरिश भट्ट र वाग्मती प्रदेश सञ्चार विभाग प्रमुख रञ्जन कार्कीले आज प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा सो ज्ञापनपत्र दर्ता गराएका हुन् ।

पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई निकासा भएको भनिएको रकम जनस्वास्थ्य ऐन–२०७५ को दफा ३० अनुसार गैर कानुनी भएकोले त्यसलाई रोक्न निवेदन दर्ता गराएको छ ।

जनस्वास्थ्य ऐन, २०७५ को दफा ३० मा अनुसार– ‘प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै व्यक्तिलाई विदेशमा उपचार गर्नु परेमा सो को लागि लाग्ने खर्च नेपाल सरकारबाट उपलब्ध गराइने छैन ।’
पार्टीले बुझाएको ज्ञापन पत्रमा भनिएको छ, ‘नेता खनाललाई नेपालको पूर्वप्रधानमन्त्री र नेपालको लोकतान्त्रिक आन्दोलनका अगुवा नेताको रूपमा हामी उहाँलाई सम्मान गर्दछौँ र आवश्यक परे हामी नागरिकस्तरमा उहाँको स्वास्थ्योपचार खर्च जुटाउन पहल गर्न तैयार छौँ, तर उहाँको लागि भनेर सरकारले गैरकानुनी रूपमा खर्च वितरण नगरोस् भनेर सचेत गराउन चाहन्छौँ ।’

ज्ञापन पत्रमा थप उल्लेख गरिएको छ, ‘यस घडीमा यो कार्यले नेता खनालको मान मर्दन गर्ने र यो कार्यले खनालको त्याग र समर्पणमै प्रश्न उठ्ने हुँदा सम्बन्धित सबैलाई सचेत हुन अनुरोध गर्दछौँ । साथै, यो गैरकानुनी काम नरोकिए हामी कानुन अनुसार अगाडि बढ्ने कुरा विनम्रताका साथ यहाँहरू समक्ष राख्छौँ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>