Breaking News
चितवनका सांसद उमेश श्रेष्ठ बने स्वास्थ्य राज्यमन्त्री
०

चितवन, साउन १०-
प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेस चितवनका सांसद उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री नियुक्त गरेका छन्। सांसद श्रेष्ठ चितवनका समानुपातिक सांसद हुन् ।
नेपाली कांग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले भरतपुर महानगरपालिका–५ कल्याणपुरमा बसोबास गरेर सांसद श्रेष्ठ चितवनको राजनीतिमा सक्रिय रहँदै आएको नारायणी अनलाइनलाई बताए । प्रधानमन्त्री देउवाले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी आफैंसँग राखेर आइतबार श्रेष्ठलाई राज्यमन्त्री नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।
चितवनको स्मल हेभन स्कूलका सञ्चालकसमेत रहेका सांसद श्रेष्ठ प्याब्सन र उच्च माध्यमिक विद्यालयहरूको संगठन (हिसान) का संस्थापक अध्यक्षसमेत हुन् । शैक्षिक क्षेत्रका व्यवसायी श्रेष्ठ पछिल्लो समय जलविद्युत र अस्पतालमा लगानी गरिरहेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























