Breaking News

प्रधानमन्त्री बनेको १३ दिनमा पनि देउवाले मन्त्रिपरिषद् विस्तार गर्न सकेनन्

Banner

काठमाडौँ, साउन १०-

शेरबहादुर देउवाले प्रधानमन्त्रीको शपथ गरेको १३ दिन भइसक्दासमेत मन्त्रीपरिषद् बिस्तार गर्न सकेका छैनन् ।

सत्तामा गएका कांग्रेस, माओवादी केन्द्र र जसपाको उपेन्द्र यादव पक्षबीच सरकारमा सहभागी हुन चाहेनको संख्या धेरै हुँदा मन्त्रिपरिषद् विस्तार प्रभावित भएको हो।

सरकार सहभागी हुनेको नाम टुंगो लगाउन प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रलाई हम्मेहम्मे परेको छ।

उता पार्टीको आधिकारिकता विवाद उत्कर्षमा पुगेका कारण जसपाको उपेन्द्र यादव पक्षले पनि आफ्ना तर्फबाट नाम सिफारिस गर्न सकेको छैन ।

सरकारका न्युनतम साझा कार्यक्रम तथा सहभागीहरुको नाम टुंगो लगाउन कांग्रेस नेता पूर्णबहादुर खड्काको संयोजकत्वमा कार्यदल गठन भए पनि त्यसले काम गर्न सकेको छैन ।

मन्त्रिरिषद बिस्तार कहिँले हुन्छ भन्ने प्रश्नमा खड्काले आफूलाई त्यसबारे केही जानकारी नभएको बताए । उनले भने, ‘मन्त्रिरिषद् बिस्तारबारे मलाई केही थाहा छैन । म बिहानैदेखि घरमा छु।’

माओवादी केन्द्रका नेता दीनानाथ शर्माले पनि सरकार बिस्तारबारे पार्टीले कुनै निर्णय नगरेको बताए ।

‘त्यसबारेमा पार्टीमा छलफल भएको छैन। अध्यक्ष प्रचण्ड त्यसै विषयलाई लिएर तनावमा पर्नुभएको सुनिहाल्नुभयो। अझै एक दुई दिन केही होला जस्तो छैन’, शर्माले भने ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले त शनिबार सार्वजनिक रुपमै मन्त्री हुन चाहने सांसदका कारण आफू तनावमा परेको बताएका थिए ।

पार्टी कार्यालयमा आयोजित कार्यक्रममा प्रचण्डले भनेका थिए, ‘म यहाँ मन्त्री बन्नेको भीड छिचोलेर आएको छु। मेरो दिमागमा आतंक भइरहेको छ। माओवादीका ४९ जना सांसदलाई नै मन्त्री चाहिएको छ । त्यो संभव छैन।’

सर्वोच्च अदालतको संवैधानिक इजलासले असार २८ गते देउवालाई प्रधानमन्त्री नियुक्त गर्न आदेश दिएपछि देउवाले २९ गत राति शथप ग्रहण गरेका थिए। आफ्नो प्राथामिकता कोरोना नियन्त्रण र स्वास्थ्य क्षेत्र भएको देउवाले पटक पटक दोहो¥याए पनि विभागीय मन्त्रीसमेत चयन गर्न सकेका छैनन् । यस्तो महामारीको अवस्थामा स्वास्थ्य मन्त्री चयन हुन नसक्नु राम्रो संकेत नभएको सरोकारवालाहरुले बताएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>