Breaking News

चितवनमा आज ६६ कोरोना संक्रमित थपिए, १७०६ जना घरमै आइसोलेसनमा

Banner

चितवन, साउन १०-

चितवनमा आज ६६ जनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य कार्यालय चितवनको अनुसार भरतपुर महानगरपालिकामा ४८ जना, खैरहनी नगरपालिकामा ४ जना, रत्ननगर नगरपालिकामा ९ जना, राप्ती नगरपालिकामा २ जना र कालिकामा ३ जना थपिएका हुन् । शनिबार अस्पतालको ओपीडी र प्रयोगशाला बन्द हुने भएकोले पनि अघिल्लो दिनको तुलनामा कम संक्रमित देखिएका हुन् ।

आज चितवनका एक जनाले ज्यान गुमाएसँगै अहिलेसम्म ३२१ जनाको मृत्यु भएको छ । आज संक्रमितको संख्या थपिएसँगै चितवनमा सक्रिय संक्रमितको संख्या एक हजार ८२५ जना पुगेको छ । जसमध्ये १११ जना अस्पतालको आइसोलेसनमा, ८ जना सार्वजनिक आइसोलेसनमा र एक हजार ७०६ जना घरमा आइसोलेसनमा रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>