चितवन विशेष

सौराहामा भएको रक्तदानमा १९ युनिट रगत संकलन

Banner

चितवन, साउन ९-

चितवनमा भएको रगतको अभावलाई मध्यनजर गरी सौराहामा आज रक्तदान गरिएको छ ।

विभिन्न १२ वटा संघसंस्थाको सहकार्यमा आयोजित कार्यक्रममा पाँच महिलासहित १९ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक तथा बछौली नारी चेतना बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बविता चौधरीले जानकारी दिइन् । लायन्स क्लब ३२५ बी २ का जोन चियरपर्सन शिरलाल परियारले चितवनका अस्पतालमा बिरामीहरु रगत नपाएर छटपटाइरहेको दृश्य देखेपछि विभिन्न संघसंस्थाको सहकार्यमा रक्तदान कार्यक्रम गरिएको बताए ।

अस्पतालमा छटपटाइरहेका बिरामीको जीवन रक्षाको लागि रक्तदान कार्यक्रम गरेको उनको भनाइ छ । क्षेत्रीय होटल संघ चितवन सौराहाका अध्यक्ष दीपक भट्टराई प्रमुख अतिथि रहेको सो कार्यक्रममा लायन्स क्लब ३२५ बी २ का डिष्ट्रिक एडभाइजरहरु दीपेन्द्र खतिवडा, योगेन्द्रनाथ अधिकारी, रत्ननगर ६ की वडा सदस्य केशरीमाया सुनार, लायन्स क्लब अफ चितवन कम्युनिटी हेल्पका अध्यक्ष दीपेन्द्र खरेललगायतको सहभागिता रहेको थियो ।

बछौली रेडक्रसको समन्वयमा लायन्स क्लब अफ चितवन सौराहा, लायन्स क्लब अफ सौराहा वाइल्डलाइफ सिटी, लायन्स क्लब अफ चितवन कम्युनिटी हेल्प, लायन्स क्लब अफ रत्ननगर चित्रसेन बाबा, लियो क्लब अफ चितवन सौराहा, खैरहनी हेल्प डेक्स, सौराहा जेसीज, सौराहा लेडी जेसीज, क्षेत्रीय होटल संघ, रेवान, ग्रिन सोसाइटी पब्लिक स्कुल र बछौली नारी चेतना बचत तथा ऋण सहकारीले सयुक्तरुपमा कार्यक्रम गरेका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>