Breaking News
चितवनमा आज तीन कोरोना संक्रमितको मृत्यु, अस्पतालमा २११ कोरोनाका बिरामी उपचार गर्दै
०

चितवन, साउन ९-
चितवनमा कोरोना संक्रमणबाट आज तीन जनाको मृत्यु भएको छ ।
स्वास्थ्य कार्यालयका अनुसार भरतपुर अस्पतालमा एक जना, चितवन मेडिकल कलेजमा एक जना र पुरानो मेडिकल कलेजमा एक जनाको मृत्यु भएको हो । जसमा दुई जना चितवन जिल्लाका र एक जना चितवन बाहिरका छन् ।
चितवनका विभिन्न अस्पतालमा २११ जना कोरोना संक्रमित बिरामी उपचार गराइरहेका छन् । जसमा आईसीयूमा ६५ जना, भेन्टिलेटरमा १३ जना, एचडीयूमा ५१ जना र जेनरल बेडमा ९५ जना रहेका छन् । त्यसैगरी विगत २४ घण्टामा चितवनका विभिन्न अस्पतालबाट कोरोनाका २७ बिरामी डिस्चार्ज भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























