Breaking News

चितवनमा ९ लाखका लागि एउटै गणका सेनाले गरे साथीको हत्या(भिडियोसहित)

  • Logo
    app haru
  • ८ श्रावण २०७८, शुक्रबार
Banner

– हिरालाल आचार्य ‘डायमण्ड’
चितवन, साउन ८
चितवनमा ९ लाखका लागि आफ्नै साथीको हत्या गर्ने नेपाली सेनाका एक जना पक्राउ परेका छन् ।

नेपाली सेनाको दि फेमस महिन्द्र दल गण शिवपुरीमा कार्यरत रहेका गंगाधर ढकालले सोही गणमा कार्यरत जवान भरत गुरुङको हत्या गरेको जिल्ला प्रहरी कार्यालय चितवनले शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

हिजो बिहीबार बिहान भरतको शव भरतपुर महानगरपालिका वडा नम्बर १७ सिमलडाडामा नहरमा फेला परेको थियो । ३६ वर्षीय भरत धादिङ निलकण्ठ नगरपालिका निवासी हुन् । भरतको टाउकोमा गोली लागेको थियो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख ओम अधिकारीले गंगाधरलाई हिजो भरतपुर १८ चनौलीबाट पक्राउ गरिएको जानकारी दिए ।

भरतलाई रक्सि खुवाएर गंगाधरले राति मोटरसाइकलमा डुलाएको र नहरमा पुगेपछि पिसाब फेर्ने बाहनामा झर्न लगाई गोली हानेर भागेको पाइएको एसपी अधिकारीले बताए ।

घटनास्थलबाट एक थान गोलीको खोका बरामद गरिएको अधिकारीले जनाए । यस्तै घटनामा प्रयोग गरिएको मोटरसाइकल, बन्दुक, गोली समेत बरामद गरिएको एसपी अधिकारीले जनाए ।

९ लाख रुपैयाँका लागि ग्यानेन्द्रले आफ्नै साथिको हत्या गरेको पाइएको एसपी अधिकारीले बताए । भरतको बैंकमा रहेको रकम गंगाधरले किर्ते गरेर निकालेको र पैसा निकालेपछि भरतको हत्या गरेको पाइएको उनले बताए । भरतको बैंकबाट पैसा निकालेर गंगाधरले आफ्नो घरमा दिएको पाइएको र सो रकम समेत बरामद गरिएको एसपी अधिकारीले जनाए । घटनाबारे थप अनुसन्धान जारी रहेको उनले बताए ।

सम्बन्धित समाचार :

 

भरतपुर सिमलडाडा घटना अपडेटः मृतक नेपाली सेनाका जवान भरत गुरुङ, थप अनुसन्धान गर्दै प्रहरी

भरतपुरमा एक पुरुषको शव फेला, घटनास्थलमा गोलीको खोका भेटियो

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>