गण्डकी
गण्डकी प्रदेशमा नेपाली कांग्रेसबाट तीन मन्त्री टुंगो,आजै १ बजे सपथ
०
गण्डकी,साउन ८ –
गण्डकी प्रदेशमा नेपाली कांग्रेसबाट तीन मन्त्रीको टुंगो लगाएको छ ।
कांग्रेसले मणिचन्द्र शर्मा, मेषलाल श्रेष्ठ र डोबाटे विकलाई मन्त्री बनाउने भएको हो । शर्मा बाग्लुङ, श्रेष्ठ स्याङ्जा र विक तनहुँका सांसद हुन् । माओवादी केन्द्रले बिहीबार नै रामजी बराल, दीपक चर्तीमगर र चन्द्रबहादुर बुढालाई मन्त्री बनाउने निर्णय गरेको थियो ।
नवनियुक्त मन्त्रीहरुले आजै १ बजे सपथ लिनेछन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























