खैरहनी

खैरहनी नगरपालिकामा अघिल्लो वर्षको तुलनामा पूँजिगत खर्चमा वृद्धि

Banner

चितवन, साउन ७-

चितवनको खैरहनी नगरपालिकामा गत आर्थिक वर्ष २०७७\७८ मा ८२ प्रतिशत भन्दा धेरै पूँजिगत खर्च भएको छ ।

यो प्रतिशत अघिल्लो आर्थिक वर्ष २०७६\७७ भन्दा २६.९९ प्रतिशत बढी हो । सो आर्थिक वर्षमा ५५.४३ प्रतिशत मात्र पूँजिगत खर्च अर्थात् विकासे काम भएको थियो । तर, गत आर्थिक वर्षमा कोराना संक्रमणका बीच पनि नगरपालिकाले ८२ प्रतिशत भन्दा बढी पूँजिगत तर्फ खर्च भएको नगरपालिका प्रमुख लालमणि चौधरीले बताए ।

आर्थिक वर्ष २०७७\७८ मा पूँजिगत तर्फ कुल बजेट ४५ करोड ८ हजार ३६८ रुपैयाँ विनियोजन भएको थियो । जसमा ३७ करोड ३३ लाख ६५ हजार २४६ रुपैयाँ अर्थात कुल बजेटको ८२.४२ प्रतिशत खर्च भएको नगरपालिका प्रमुख चौधरीले बताए । चालु तर्फ भने खर्च घटेको छ । गत वर्ष ६६.५२ प्रतिशत चालु तर्फ खर्च भएकोमा अघिल्लो आर्थिक वर्षमा भने ७६.४३ प्रतिशत खर्च भएको थियो । गत वर्ष चालु तर्फ ५३ करोड ७९ लाख ७७ हजार ३९ रुपैयाँ विनियोजन भएको थियो । ‘कोरोना संक्रमण र कार्यक्रम ढिलो आउँदा केही योजनाहरु सम्पन्न हुन पाएनन्’ नगर प्रमुख चौधरीले भने, ‘शतप्रतिशत योजना सम्पन्न गर्ने लक्ष्य रहे पनि अघिल्लो वर्षको तुलनामा गत वर्ष सुधार भयो ।’ पूँजिगत तर्फ प्रशासनिक खर्च, केन्द्रीय, प्रदेश शसर्त अनुदान ,लक्षित वर्ग कार्यक्रम पर्छ भने चालु तर्फ भौतिक पूर्वाधारको काम पर्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>