Breaking News
चितवनमा आज ८३ कोरोना संक्रमित थपिए, सक्रिय संक्रमितको संख्या १७ सय नाघ्यो
०

चितवन, साउन ७-
चितवनमा आज ८३ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य कार्यालय चितवनका अनुसार विगत २४ घण्टामा गरिएको परीक्षणमा सो संक्रमित थपिएका हुन् । थपिका संक्रमितमध्ये भरतपुर महानगरपालिकामा ४९ जना, खैरहनीमा ८ जना, माडीमा ७ जना, रत्ननगर नगरपालिकामा १२ जना, राप्तीमा २ जना र कालिकामा ५ जना रहेका छन् ।
यो सँगै चितवनमा जम्मा सक्रिय संक्रमितको संख्या १७१४ पुगेको छ । जसमध्ये घरमा १५९२, अस्पतालको आइसोलेसनमा ११२ जना र सार्वजनिक आइसोलेसनमा १० जना रहेका छन् । आज चितवनको एक जनाको मृत्यु भएसँगै चितवनमा कोरोनाका कारणबाट ३१८ जनाले ज्यान गुमाइसकेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























