नवलपरासी
मुख्यमन्त्री पौडेलद्धारा पुष्पलालको शालिक अनावरण

वाग्मती,साउन ७ –
वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले हेटौँडास्थित पुष्पलाल उद्यानमा स्थापना गरिएको पुष्पलाल श्रेष्ठको शालिकको आज एक समारोहबीच अनावरण गर्नुभएको छ ।
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४३औँ स्मृति दिवसका अवसरमा नेकपा ९एमाले० मकवानपुरले आयोजना गरेको कार्यक्रममा पौडेलले शालिक अनावरण गर्नुभएको हो । मुख्यमन्त्री पौडेलले पुष्पलालका सिद्धान्तलाई सबैले आत्मसात् गर्न आग्रह गर्नुभयो । उहाँले अहिलेको अवस्थामा शिरमा पुगेको कम्युनिष्ट आन्दोलनलाई झार्ने काम भएकामा दुःख व्यक्त गर्नुभयो ।
उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री सरेश नेपालले अहिले कम्युनिष्टलाई सिध्याउने खेल भइरहेको बताउनुभयो । एमाले मकवानपुरका अध्यक्ष एकलाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा एमालेका वाग्मती प्रदेशका सङ्गठन विभागका प्रमुख अनन्त पौडेल, जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाल, नेकपा ९माओवादी केन्द्र०का नेता कमानसिंह पाख्रिन, राप्रपाका गुरुप्रसाद सापकोटालगायतकाले मन्तव्य व्यक्त गर्नुभयो ।
























