Breaking News

चितवनमा कोरोना संक्रमणबाट आज एकैदिन ६ जनाको ज्यान गयो, १९० संक्रमित थपिए

Banner

चितवन, साउन ५-

चितवनमा कोरोना संक्रमणबाट आज एकैदिन ६ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य कार्यालय चितवनका अनुसार यो संख्या साउन लागेपछिको सर्वाधिक धेरै हो । मृतकमध्ये भरतपुर अस्पतालमा उपचारको क्रममा ३ जना, चितवन मेडिकल कलेजमा २ जना र पुरानो मेडिकल कलेजमा १ जनाले ज्यान गुमाएका हुन् । जसमा पाँच जना चितवन जिल्लाकै र एक जना बाहिर जिल्लाका हुन् ।

यसैगरी विगत २४ घण्टामा ३३ जना कोरोनाका बिरामी विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यस्तै चितवनका विभिन्न अस्पतालमा २०१ जनाले उपचार गराइरहेका छन् । जसमध्ये आईसीयूमा ६५ जना, भेन्टिलेटरमा ११ जना, एचडीयूमा ४० जना र जेनरल बेडमा ९६ जना रहेका छन् ।

यस्तै चितवनमा आज १९० जना कोरोना संक्रमित थपिएका छन् । जसमा भरतपुर महानगरपालिकामा १२३ जना, खैरहनी नगरपालिकामा ८ जना, माडीमा ९ जना, रत्ननगरमा २७ जना, राप्तीमा ६ जना, कालिकामा १५ जना र इच्छाकामनामा २ जना रहेका छन् । योसँगै चितवनमा सक्रिय संक्रमितको संख्या एक हजार ६४८ जना रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>